ग्लोबल आईएमईको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत 'क्यासब्याक'

 असोज ९, २०८० मंगलबार २०:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फतको पहिलो काराेबारमा २५ प्रतिशत 'क्यासब्याक' दिने अफर सार्वजनिक गरेको छ ।

डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याएको यस 'क्यासब्याक' अफरमा पहिलो पटक बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (५०० रुपैयाँसम्म) 'क्यासब्याक' प्राप्त गर्ने बैंकले जनाएकाे छ ।

कात्तिक ३ गतेसम्म चल्ने यस अभियानअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने बैंककाे योजना छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना सार्वजनिक गर्दै आएकाे छ ।

अन्तिम अपडेट: असोज १२, २०८०

तपाईको प्रतिक्रिया