देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – बङ्गलादेशसँगकाे तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले २–० ले जितेकाे छ ।
आज ढाकामा भएकाे तेस्राे तथा अन्तिम खेलमा घरेलु टाेलीलाई ७ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेकाे हाे । बङ्गलादेशले दिएकाे १ सय ७२ रनकाे सामान्य लक्ष्य न्युजिल्यान्डले ३४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । न्युजिल्यान्डका लागि विल याेङले ७० र हेनरी निकाेलसले नटआउट ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लामले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ३४ ओभर ३ बलमा १७१ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लागि कप्तान नजमुल हाेसैन शान्ताेले सर्वाधिक ७६ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए ।
बङ्गलादेश र न्युजिल्यान्डबीचकाे पहिलाे एकदिवसीय वर्षाका कारण रद्द भएकाे थियाे भने दाेस्राे एकदिवसीयमा पाहुना टाेली ८६ रनले विजयी भएकाे थियाे ।