सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

 असोज १०, २०८० बुधबार १२:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ ।

हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँ छ । 
 

अन्तिम अपडेट: असोज १९, २०८०

तपाईको प्रतिक्रिया