देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आज बुधवार काठमाण्डाैमा आयोजित नेपाल शर्ट फिल्म अवार्ड २०२३ कार्यक्रममा नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताउनुभयो । सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि खनालले स्पष्ट पार्नुभयो ।
सर्प पालनमा आफ्नो कुनै लगानी नरहेकाे भन्दै उहाँले भन्नुभयो, ‘झलनाथले ७३ करोड पैसा ल्याएर सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेसा नै त्यही जस्तो लाग्छ । सर्प पालनमा न मेराे कुनै लगानी छ, न कुनै अरू पेसा व्यवसाय छ ।’
नेता खनालले कला, साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गर्नुभयो ।