चितवनको सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक
असोज २६, २०८१ शनिबार
काठमाण्डाै - इलामकाे रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेकाे छ । बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा ज्यान गएकाे हाे ।
हिजाे आइतवार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र त्यही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा ज्यान गएकाे हाे ।
दुर्घटनामा आइतवार बेलुकी वडा नं–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएकाे थियाे।
धनुषाको धारापानीबाट इलाम घुम्न गएका विद्यार्थीको टोली चढेकाे ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेकाे हाे । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।