नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा पड्किँदा पाल्पामा एक जनाको ज्यान गयाे

काठमाण्डाै – पाल्पामा माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्किँदा एक जनाको ज्यान गएको छ । विस्पाेटक पदार्थ पड्किँदा अरू दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा तिनाउ गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सुरज सोमै रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन् ।

उनीहरूले माछा मार्न सलाइको काँटीबाट बनाएको विस्फोटक पदार्थ अचानक पड्किएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
थप समाज