नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

पाल्पाकाे ज्ञानोदय आधारभूत विद्यालय आजदेखि नियमित सञ्चालनमा

पाल्पा – शिक्षकहरूकाे आन्दोलनले पठनपाठन रोकिएको पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीको ज्ञानोदय आधारभूत विद्यालय आजदेखि नियमित सञ्चालनमा आएको छ ।

अभिभावकहरूको भेला बसेर विद्यालय सञ्चालनमा आएको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । अभिभावकहरूको दबावपछि विद्यालय नियमित सञ्चालन गरिएको उहाँको भनाइ छ ।

नयाँ शैक्षिक सत्र शुरू भएसँगै अन्य निजी विद्यालयमा भर्ना र पढाइसमेत शुरू भएको अवस्थामा लामो समयसम्म विद्यालय खुल्न नसकेपछि आफूहरूले दबाव दिएपछि विद्यालय खुलेकाे अभिभावक विनिता नेपालीले बताउनुभयो ।

शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति:
थप समाज