नेभिगेशन

घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना सुरु

काठमाण्डौ — कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने गणनामा आठ जनाको टोलीलाई तीन उपसमूहमा विभाजन गरी तीन ब्लकमा एकसाथ काम सुरु गरेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ ।

गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा सङ्ख्या कम देखिने गर्दछ । गएको जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४ सय २९ पुगेको थियो ।

सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराइकै ठूलो सिमसार क्षेत्र हो । गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक सङ्ख्या र वितरणको विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घले जनाएको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान रहेका छन् ।  

प्रकाशित मिति:
थप समाज