नेभिगेशन

धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी

काठमाण्डौ – धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ ।

मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।

टोलीले त्रिशूली नदीको किनारै किनार झन्डै १५ किलोमिटर पैदल यात्रा गरी वैकल्पिक मार्गको पहिचान र सडकको अवस्थाबारे जानकारी लिएको हो । वैकल्पिक सडकमा साना गाडीहरू आजैदेखि सञ्चालनमा आइसकेका छन् ।

ठूला तथा मालवाहक गाडीसमेत सञ्चालन गर्न मिल्ने गरी अहिले सडक स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङबेँसीको यातायात आवागमन थप सहज हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
थप समाज