नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ ।

संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास नियमित रूपमा जारी राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्कीकाअनुसार जमिनमुनि झण्डै डेढ मिटरसम्म रहेका शव पहिचान गर्नसक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले म्यानुअल अर्थात् (परम्परागत) उपायहरूकै भर पर्नुपरेको छ । साथै भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शान्ति सुरक्षा तथा अन्य नियमित कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको कार्कीले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप समाज