नेभिगेशन

सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन् : सभामुख

काठमाण्डाै – सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयाेजना गरेकाे अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिनुभयो ।

‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो’, सभामुख अर्यालले भन्नुभयो, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’ नागरिकबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यहिअनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।

सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारमा रहेकाे संसद् भवन परिसरमा आज र भाेलि अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो ।

प्रकाशित मिति:
थप राजनीति