नेभिगेशन

ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० रुपैयाँ जरिवाना तिरायाे

काठमाण्डाै – ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ५०० रुपैयाँ जरिबाना तिराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर रसिद थमाएको हो ।

आफ्नै निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्वीर र भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको फन्दामा पर्नुभएको हो ।

धेरैजसो समय वैशाखीको सहारामा हिँड्ने शाहले निवासभित्रै हेलमेटविना बुलेट मोटरसाइकल चलाएको भिडियो उहाँका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गर्नुभएको थियो ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । चौतर्फी विरोधपछि प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले पछिल्लो समय सडकमा जाँच र कारबाही बढाउनुका साथै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा समेत कारबाही तीव्र बनाएकाे छ ।

प्रकाशित मिति:
थप समाज