नेभिगेशन

सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन भएपछि सेना परिचालन

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा प्रदर्शनकारीले कर्फ्यु तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ ।

गएराति दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा गोली चल्दा १ जनाको ज्यान जानुका साथै ९ जना गोली लागेर घाइते भएका थिए ।

यो घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । तर कर्फ्यु उल्लङ्घन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ ।

प्रदर्शनकारीले आगजनी र तोडफोड शुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै सेना परिचालन गरिएको हो ।

यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा व्यवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ । बेलुका ५ बजेका लागि बैठक डाकेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो ।

यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न मन्त्रालयका सह–सचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई दुई समूहबीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसहित सुझाव पेश गर्न १ हप्ताको समय दिइएको छ ।

प्रकाशित मिति:
थप समाज