नेभिगेशन

साउन १ गतेदेखि काठमाण्डौ उपत्यकामा ८ वटा ‘ब्लू बस’ सञ्चालन हुने

काठमाण्डाै – सरकारले आउँदो साउन १ गतेदेखि काठमाण्डौ उपत्यकामा ८ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लू बस’सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो ।

पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गर्ने र त्यहीअन्तर्गत पहिलो चरणमा उपत्यकामा ८ वटा बस सञ्चालन गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो ।

बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ । शुरूमा लगनखेल–बूढानीलकण्ठ रुटमा २ वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा २ वटा बस सञ्चालन हुनेछ । चक्रपथ क्षेत्रमा ४ वटा बस सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
थप समाज