नेभिगेशन

पोर्चुगल र क्रोएसियाको खेल चल्दै

फिफा विश्वकपमा अहिले क्यानडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसियाबीच अन्तिम १६ प्रवेशका लागि खेल भइरहेको छ । यस खेलको विजेताले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिचकाे कडा प्रतिस्पर्धा भएकाले यो खेललाई चासोका साथ हेरिएको छ । दुवै खेलाडीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि यस खेलको महत्त्व अझ बढेको छ  ।

यस्तै, आजै नेपाली समयअनुसार बिहान पौने ९ बजे क्यानडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्वीट्जरल्यान्ड र अल्जेरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले अन्तिम १६ मा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६