नेभिगेशन

विश्वकप फुटबल : पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम १६ मा

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्ट प्रि–क्वाटरफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न सकेनन् । त्यसअघि खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै पोष्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो ।

निर्धारित र अतिरिक्त समयमा खेल एक/एक गोलको बराबरी भयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ इजिप्ट विजयी हुँदै अन्तिम–१६ मा पुग्न सफल भयो ।

विश्वकप फुटबलमा अहिले साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केब भर्डेबीच खेल भैरहेको छ । त्यस्तै नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान सवा ७ बजे कोलम्बिया र घाना खेल्दैछन् ।
 

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६