नेभिगेशन

नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चिनियाँ राजदूतका चार बुँदे प्रस्ताव

काठमाण्डौ - नेपालका लागि चिनियाँ राजदूत झ्याङ माओमिङले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नुभएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका अनुभव आदानप्रदान गर्नुपर्ने, ट्रान्स–हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति सी जिनपिङका ग्लोबल इनिसिएटिभ्सहरू कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदानप्रदान बढाउनुपर्ने बताउनुभएको हो । 

राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारुढ दल रहेको र यसका सत्य–खोजी, जनमुखी दृष्टिकोण लगायत ६ वटा विशेषता रहेको बताउनुभयो । साथै सी जिनपिङ विचारधाराका सिद्धान्तमध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, सङ्गठनात्मक सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड दिनुभयो । 

सन् २०२२ मा मात्रै भ्रष्टाचार विरुद्ध १० लाखभन्दा बढी मुद्दामा झण्डै ९ लाख ८३ हजार व्यक्तिलाई कारबाही गरिएको उहाँको भनाइ छ । उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त पनि गर्नुभयो । 

प्रकाशित मिति:
थप समाज