नेभिगेशन

पानी परेपछि इंग्ल्यान्ड मेक्सिकोबीचको खेल एक घण्टा ढिलाे सुरु हुने

 फिफा विश्वकप २०२६ अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्यान्डबीच हुने अन्तिम–१६ को खेल खराब मौसमका कारण एक घण्टा ढिला हुने भएको छ ।

अज्टेका स्टेडियममा आज बिहान पौने ६ बजे शुरु हुने तय भएको खेल १ घण्टापछि बिहान पौने ७ बजे हुने भएको छ । मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकोले खेलको समय सारिएको हो ।

चट्याङको जोखिम बढेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । यस खेलको विजेताले जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६