नेभिगेशन

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, विश्वकपमा नयाँ कीर्तिमान

काठमाण्डौ- स्पेनले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

अन्तिम–१६ अन्तर्गत गए राति सम्पन्न खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन अन्तिम आठमा पुगेको हो । पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो ।  

सन् २०१० को विश्वविजेता स्पेन यस संस्करणमा अहिलेसम्म एक गोल पनि नखाई क्वार्टरफाइनलमा पुगेको एकमात्र टोली बनेको छ । यससँगै विश्वकप इतिहासमा लगातार ६ खेलसम्म क्लिन सिट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ । स्पेनले विश्वकपमा लगातार १० घण्टा ९ मिनेटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो । 

युरोपियन च्याम्पियनका रूपमा विश्वकप खेलेको स्पेनले अब क्वार्टरफाइनलमा आयोजक अमेरिका वा बेल्जियममध्ये एक टोलीसँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६