नेभिगेशन

आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा

काठमाण्डौ - विश्वकप फुटबलको अन्तिम–१६ मा आयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनमा पुगेको छ । 

अमेरिकाको सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमले घरेलु टोलीलाई ४–१ गोलले हरायो । बेल्जियमले खेलको पहिलो हाफ र दोस्रो हाफमा समान २ गोल गर्‍यो । उसका चार्ल्स डे केटलेरले नवौँ र ३३औँ तथा  ५७औँ मिनेटमा हान्स भानाकेन र खेलको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल थपे । 

अमेरिकाका लागि ३१औँ मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गरे । विश्वकप फुटबलमा आयोजक अमेरिकासहित क्यानडा र मेक्सिको अन्तिम १६ बाटै बाहिरिएका छन् । 

क्वार्टरफाइनलमा बेल्जियमले स्पेनसँग खेल्नेछ । गए राति भएको प्रि–क्वार्टरफाइनल खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा पुगेको हो ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६