नेभिगेशन

सङ्घीय संसद्काे दुवै सदनबाट पारित भयाे बजेट

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको छ । यसअघि प्रतिनिधिसभामा पारित भएर प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ आज राष्ट्रियसभाबाट पनि पारित भएको हो ।

यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू – राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक २०८३ पनि पारित भएका छन् । अब सरकारलाई आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात् खर्च र आम्दानी दुवैको बाटो खुलेको छ ।

आजको बैठकमा ३ वटै विधेयक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो । राष्ट्रियसभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेको १०० बुँदे कार्ययोजनामध्ये ८७ दशमलव २ प्रतिशत काम पूरा भएको बताउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ