नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

नेप्से आज सामान्य अङ्कले घट्यो

काठमाण्डौ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९०.१५ बिन्दुमा झरेको छ ।

आज शुक्रबार विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रूपैयाँमा खरिद बिक्री भएका छन् ।

आज तेह्रवटा उपसमूहमध्ये पाँच उपसमूहकाे सूचक बढ्यो भने आठ उपसमूहकाे  घट्यो । आज १०२ कम्पनीको शेयर बढ्यो भने १६९ कम्पनीको घट्यो । त्यसैगरी आठ कम्पनीको शेयर घटबढ भएन । 

प्रकाशित मिति:
थप अर्थ