नेभिगेशन

विश्वकपमा फ्रान्स र माेरक्काे दाेस्राे पटक आमनेसामने हुँदै

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वाटरफाइनलका खेल शुरू हुँदैछन् । पहिलो क्वाटरफाइनलमा राति पौने २ बजे उपाधि दाबेदार फ्रान्स र मोरक्को खेल्दैछन् । यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा हुनेछ ।

प्रिक्वाटरफाइनलमा फ्रान्सले पाराग्वेलाई १–० र मोरक्कोले क्यानडालाई ३–० ले हराउँदै अन्तिम ८ मा पुगेका हुन् ।

विश्वकपमा फ्रान्स र मोरक्कोबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।

समग्रमा यी दुई टोलीबीच ६ पटक भेट हुँदा फ्रान्सले ४ र मोरक्कोले १ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

विश्वकपकाे दोस्रो क्वाटरफाइनलमा भोलि राति पौने १ बजे स्पेन र बेल्जियम, तेस्रो क्वाटरफाइनलमा आइतवार बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा आइतवार बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्दैछन् ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६