नेभिगेशन

प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्छाैँ : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दाबी गर्नुभएको छ ।

राष्ट्रियसभाको आजकाे बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढेको आरोप लगाउनुभयो ।

पछिल्लो ७/८ वर्षमा सार्वजनिक ऋण वार्षिक औसत १८ प्रतिशतका दरले बढेको भन्दै अर्थमन्त्री वाग्लेले आवश्यक र प्रतिफलमुखी क्षेत्रमा ऋण लिनैपर्ने बताउनुभयो ।

ऋण लिनु आफैँमा गलत नभएको भन्दै उहाँले उत्पादनशील क्षेत्रमा लगानीका लागि लिइने ऋणले अर्थतन्त्रको आकार विस्तार गर्न सहयोग गर्ने उल्लेख गर्नुभयाे ।

अर्थमन्त्री वाग्लेले कर बढाएको र ऋण लिएकोमा विरोध नगर्न सांसहरूलाई आग्रह गर्नुभयो । राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकोले ऋण लिनैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

आजकाे राष्ट्रियसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएको छ ।

प्रकाशित मिति:
थप अर्थ