नेभिगेशन

शेयर बजार २ हजार ६०० विन्दुमा झर्‍याे, ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले घटेर २ हजार ६०० दशमलव ७८ विन्दुमा झरेको छ ।

आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १३५ वटा कम्पनीको शेयर घटेकोमा १२० वटाको बढेको छ । यस्तै १९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज भगवती हाइड्रोपावर, एनआईबीएल स्टेबल फन्डको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको शेयर १० दशमलव ६६ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३६७ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ६ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम साढे २ महिनायताकै धेरै हो । यसअघि गएको वैशाख ९ गते ७ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

प्रकाशित मिति:
थप अर्थ