नेभिगेशन

विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्‍याे

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा अन्तिम–३२ चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियावलाई बर्खास्त गरेको छ ।

सन् २०२४ देखि थियावको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग ३–१ र नर्वेसँग ३–२ ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा इराकलाई ५–० ले हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

नकआउटमा बेल्जियमसँग ३–२ ले पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो । सेनेगलले २ गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर २ गोल र थपिएको समयमा पेनाल्टीमा अर्काे १ गोल खाँदै बेल्जियमसँग नाटकीय रूपमा ३–२ ले पराजित हुन पुग्यो ।

विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुयेले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए ।

यसैबीच सेनेगल फुटबल सङ्घले राष्ट्रिय टोलीको खेल–नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगाली फुटबलको हितलाई ध्यानमा राख्दै थियावलाई बर्खास्त गरेको जनाएको छ ।

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६