नेभिगेशन

फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमिफाइनल खेलतर्फ, स्टार खेलाडीहरुको प्रदर्शनलाई लिएर थप उत्साह

विश्वकप फुटबलका शीर्ष चार देशबीच हुने दुईवटा सेमिफाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ । एकातिर स्टार खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ ।

भोलि मंगलबार र पर्सि बुधबार मध्यराति हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन् । यसैले नै अन्तिम दुई दाबेदार तय गर्नेछन् । सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रङ्गशालामा केन्द्रित बनेको छ ।

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन् । उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् र स्पेनविरुद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यस विश्वकपमा ६ खेलमा ८ गोल गरेका छन् । क्वार्टरफाइनलमा गोल गर्न नसके पनि सेमिफाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ । फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ ।

स्पेनका १८ वर्षीय युवा प्रतिभा लामिन यामाल पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्दैछन् । उनी स्पेनको प्रमुख आकर्षण हुनेछन् । यस्तै पछिल्ला दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मेरिनोले पनि सुरुआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ ।

इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन टोलीका प्रमुख गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्घम उत्कृष्ट लयमा देखिएका छन् । उनले क्वार्टरफाइनलमा दुई गोलसहित प्रतियोगितामा कुल ६ गोल गर्दै गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदार बनाएका छन् । 

प्रकाशित मिति:
थप विश्वकप फुटबल २०२६