नेभिगेशन

शेयर बजार झन्डै ८ महिनायताकै न्यून विन्दुमा

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ६० अङ्कले घटेर २ हजार ५७० दशमलव १८ विन्दुमा झरेको छ ।

नेप्से झन्डै ८ महिनायताकै न्यून विन्दुमा झरेको हो । यसअघि गएको मङ्सिर ४ गते नेप्से २ हजार ५६० विन्दुमा थियो ।

आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह २ दशमलव ३० तथा होटल तथा पर्यटन र जलविद्युत समूह झन्डै २ प्रतिशतले ओरालो लागेको छ ।

आज २४९ वटा कम्पनीको शेयर घटेकोमा २२ वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज उपकार लघुवित्तको शेयर ११ दशमलव २८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्तको शेयर ५ दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ३६८ वटा कम्पनीका ४ करोड १७ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै २ महिनायताकै धेरै हो । यसअघि गएको वैशाख ९ गते ७ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

प्रकाशित मिति:
थप अर्थ