नेभिगेशन

माैद्रिक नीतिपछि पहिलाे पटक बढ्याे नेप्से, ८ अर्ब ४१ कराेड रुपैयाँकाे शेयर किनबेच

काठमाण्डाै – लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ११ अङ्कले बढेर २ हजार ५७६ दशमलव २९ विन्दुमा पुगेको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढेको हो । गएकाे मङ्गलवार २३ गते आउँदाे आर्थिक वर्षकाे माैद्रिक नीति सार्वजनिक भएकाे थियाे ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेकोमा व्यापार समूह झन्डै डेढ प्रतिशतले उकालो लागेको छ ।

आज १६४ वटा कम्पनीको शेयर बढेकोमा १०१ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कामना सेवा विकास बैंकको डिबेन्चर १० दशमलव २२ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३८३ वटा कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम ३ महिनायताकै धेरै हो । यसअघि वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

प्रकाशित मिति:
थप अर्थ