नेभिगेशन

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ - सुनचाँदीको भाउ आज सामान्य बढेको छ । 

सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार पनि सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । 

चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदी १०० रुपैयाँले घटेर तोलाको ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रकाशित मिति:
थप अर्थ