नेभिगेशन

काठमाण्डाै इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

काठमाण्डाै – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डाै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले संस्थाका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गर्नुभयो ।

बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित केआईओसीएच अहिले नेपालमा आधुनिक बहु-विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ ।

यस संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यस सहयोगमार्फत बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार विकासमा टेवा पुर्‍याउन तथा भविष्यमा हजारौँ बालबालिका र परिवारलाई लाभान्वित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

कम्पनीले आउँदा दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा थप सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
थप अर्थ