नेभिगेशन

‘प्रभावका लागि जोडौँ’ अभियानसहित क्लासिक टेकले मनायो १७औँ वार्षिकोत्सव

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ (कनेक्ट फर इम्प्याक्ट)’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो । यसअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला सङ्घसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

साथै अनमाेल चिल्ड्रेन डेभलपमेन्ट हाेमलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ