नेभिगेशन

गएकाे आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाण्डाै – गएकाे आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्ष वार्षिक लक्ष्यको ८३.५१ प्रतिशत आम्दानी र ८०.५५ प्रतिशत खर्च भएको देखिएको हो ।

सरकारले २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हिजो असार मसान्तसम्ममा १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

चालू शीर्षकमा सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकाेमा त्यसको ८८.४ प्रतिशत खर्च भएको छ । त्यस्तै कुल चालूगत बजेट खर्च १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ छ ।

पूँजीगत खर्च निकै कमजोर देखिएको छ । यस अवधिमा जम्मा १ खर्ब ९० अर्ब ८४ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । याे खर्च लक्ष्यको ४६.७९ प्रतिशतमात्र हो । गएकाे आर्थिक वर्षका लागि पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो ।

त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ४७ अर्ब ३३ करोड ६ लाख रुपैयाँ भएको छ । याे खर्च लक्ष्यकाे ९२.५६ प्रतिशत हो । वित्तीय व्यवस्था शीर्षकका लागि गएको आर्थिक वर्षमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएको थियो ।

सरकारको राजस्व असुली लक्ष्यभन्दा कम देखिएको छ । गएको आर्थिक वर्षका लागि सरकारले कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख रुपैयाँमात्र राजस्व सङ्कलन भएको छ । याे सङ्कलन लक्ष्यको ८३.५१ प्रतिशत कम हो ।

त्यस्तै सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेकोमा ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अनुदान आएको छ ।

प्रकाशित मिति:
थप अर्थ