नेभिगेशन

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ -  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । 

अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार र चाँदी तोलाको चार हजार २४० रुपैयाँ निर्धारण भएको छ । 

शुक्रबार सुन तोलामा दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति:
थप अर्थ