नेभिगेशन

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ - आज सुनचाँदीको भाउ सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो सुन तोलाको दुई लाख ८४ हजार ६०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । 

चाँदीको  भाउ आज चार हजार ३७० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति:
थप अर्थ