नेभिगेशन

हस्तकला विकास बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति

काठमाण्डाै – सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल हस्तकला महासङ्घका पदाधिकारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

महासङ्घका अध्यक्ष रविन्द्र शाक्यका अनुसार प्रधानमन्त्री शाहले विगत ३ वर्षदेखि रोकिएको ५ प्रतिशत निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बिजक मूल्याङ्कनसम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै सातै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवम् सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ ।

नेपालबाट अहिले ८२ प्रकारका हस्तकला सामग्री ६० भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन् जसबाट वार्षिक झन्डै २८ अर्ब रुपैयाँ बराबरको आम्दानी हुने गर्छ । 

प्रकाशित मिति:
थप अर्थ