नेभिगेशन

आज बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ - सुनचाँदीको भाउ आज सामान्य बढेको छ  । 

हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।  

प्रकाशित मिति:
थप अर्थ