नेभिगेशन

शेयर बजार ७.८८ अङ्कले बढ्याे, ६ अर्ब २६ करोडकाे काराेबार

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.८८ अङ्कले बढेर २ हजार ७३४.६० विन्दुमा पुगेको छ ।

यसअघि शेयर बजार बन्द भएको केहीबेरपछि प्राविधिक त्रुटिका कारण नेप्से १ हजार ८ अङ्कले घटेको देखिएपछि लगानीकर्ता आश्चर्यमा परेका थिए ।

आज फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा बैंकिङ समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १५३ वटा कम्पनीको शेयर बढेकोमा १०८ वटाको घटेको छ । यस्तै १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर झन्डै ९ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ६ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ