नेभिगेशन

निर्यातजन्य उद्योग व्यवसायका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

सिंहदरबारमा आज निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारले सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे हाे ।

प्रधानमन्त्रीले निर्यातजन्य उद्योग व्यवसायका समस्याहरूबारे जानकारी लिँदै आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिनुभएकाे प्रतिनिधिहरूले बताएका छन् ।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पस्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति:
थप अर्थ