नेभिगेशन

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको ज्यान गयो

काठमाण्डौ - मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको ज्यान गएको छ । 

अरू दुई जना घाइते भएका छन् । मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ५ मा रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर १३ का ३२ वर्षीय जगनाथ बडुवाल र उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ । 

उहाँहरूको तीन वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो । बडुवाल दम्पतीले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनुभएको थियो ।  प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । जोखिमका कारण अरू ८ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।  

प्रकाशित मिति:
थप समाज