नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

लगातारको वर्षापछि त्रिशूली–बेत्रावती सडक भासियो

काठमाण्डौ – लगातारको वर्षाले नुवाकोटको त्रिशूली–बेत्रावती सडक भासिएको छ । बेत्रावतीको अगिटार क्षेत्रमा पहिरोले सडकको ठूलो भाग भासिएपछि आज बिहानदेखि यो खण्ड अवरुद्ध भएको छ ।

सडक नै भासिएपछि गाडी आवतजावत गर्न सक्ने अवस्था छैन । त्रिशूली–बेत्रावती सडक नुवाकोटको उत्तरी क्षेत्रका स्थानीयबासिन्दा आवतजावत गर्ने महत्त्वपूर्ण सडक हो । यसैबीच लगातारको वर्षाले बीपी राजमार्ग अवरुद्ध छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशीगाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदो तथा रोशीगाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको हुनाले दुईतर्फी नै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा अहिलेसम्म अवरोध छैन । तर यी सडकमा पनि यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज