नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

पत्रकार महासंघको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन

काठमाण्डौ – पत्रकार पक्राउ र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघको आयोजनामा आज काठमाण्डौको माइतीघरमा प्रदर्शन गरिएको छ ।

सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेसमाथिको दमन बन्द गर, पत्रकारमाथिको धरपकड बन्द गरलगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

विरोध कार्यक्रममा हिजो पक्राउ परी छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै पत्रकारलाई पक्राउ गर्नु दुःखद् भएको बताउनुभयो । अर्का पत्रकार रामप्रसाद दाहालले प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्नुभयो ।

प्रकाशित मिति:
थप समाज