नेभिगेशन

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्षयात्री सकुशल पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा आफ्नो अभियान पूरा गरेका दुई रुसी र एक अमेरिकी अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्किएका छन् ।

रुसको अन्तरिक्ष निकाय रोसकोसमोसका अनुसार सोयुज एमएस–२८ अन्तरिक्षयान रुसी अन्तरिक्षयात्री सेर्गेई कुद–स्वेर्चकोभ, सेर्गेई मिकायेभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्षयात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो काजकस्तानको झेझकाजगान सहर नजिक सुरक्षित अवतरण गरेको हो ।

रुसी समयअनुसार दिउँसो १ बजेर २७ मिनेटमा अन्तरिक्षयान प्यारासुटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो । त्यसपछि उद्धार टोलीले तीनै जना अन्तरिक्षयात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको रोयटर्सले जनाएको छ ।

रोसकोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनै जना अन्तरिक्षयात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रुस र अमेरिकाबीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ ।

प्रकाशित मिति:
थप प्रविधि