नेभिगेशन

शेयर बजार २ हजार ७०० विन्दुमुनि झर्‍याे

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो ३३ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४.६४ अङ्कले ओरालो लागेर २ हजार ६९६.६७ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १६६ वटा कम्पनीको शेयर घटेकोमा ९८ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कुथेली बुखरी स्लम हाइड्रोपावरको शेयर ६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८ करोडको कारोबार भएकोमा आज  ३४२ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ