नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

काठमाण्डौ - कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । 

अस्ति शुक्रबार बढेको सुनचाँदीको भाउ आज घटेको हो । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन तोलाको दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेर तोलाको दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । 

शुक्रबार तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ