नेभिगेशन

कांग्रेस आधिकारिकता विवाद बल्झियो, मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

काठमाण्डाै – नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएकाे हो । इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो ।

अब कांग्रेस विवाद निरूपणका लागि ३ जना न्यायधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ । यसअघि २ न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो ।

त्यस बेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो । त्यस बेलाको फैसला ठीक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ । अब हुने बहसले फैसला गरेबमोजिम आधिकारिकताको निर्णय हुनेछ ।

अहिले विदेशमा रहनुभएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पनि यही हप्ता स्वदेश फर्कनुहुने बताइएको छ ।

प्रकाशित मिति:
थप राजनीति