नेभिगेशन

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाण्डाै – यही साउन २९ देखि ३१ गतेसम्म हुने कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ ।

कांग्रेस नेता डा. शशाङ्क कोइरालाले आज काठमाण्डाैकाे चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी भेलालाई देउवाले सम्बोधन गर्ने जानकारीसमेत दिनुभएको छ । उहाँले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले हिजो पुनरवलोकनको अनुमति दिएको र यो निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

देउवा साउन २६ गते स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशङ्काबारे बोल्दै नेता कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति