नेभिगेशन

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री यादव

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताउनुभएको हो । उहाँले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा धेरै ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्न सक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिन्डर दिइँदै आएकामा भरी सिलिन्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको उहाँले बताउनुभयाे ।

मन्त्री कुमारीले अहिले ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिक टन कुल भण्डारण क्षमता, १ करोड ७५ ग्यास सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको जनाउनुभयो । उहाँले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिई अगुगमन अघि बढाइएको उल्लेख गर्नुभयाे ।

मन्त्री यादवले माग बढेकाले ३ महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थितरूपमा बिक्री/वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति