नेभिगेशन

दिगो पुनर्स्थापनाका लागि मनहराबाट विस्थापित सुकुम्वासीको माग

काठमाण्डौ — भक्तपुरको मनहरा क्षेत्रबाट वैकल्पिक व्यवस्थाबिना हटाएका सुकुम्वासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको आयोजनामा भएको कोणसभामा प्रभावित परिवारले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्न र घर टहरा भत्काउँदा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

मोर्चाले आउँदो भदौ १२ गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रमअनुसार भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा र भदौ ७ गते नागरिक समाज तथा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिनेछ ।

सरकारले विकल्पबिना थापाथली, मनहरा, शान्तिनगर लगायतका क्षेत्रबाट सुकुम्वासी परिवारलाई बलपूर्वक विस्थापित गरेको भन्दै मोर्चाले संवैधानिक अधिकार अनुसार आवास र भूस्वामित्व सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज