नेभिगेशन

नयाँ खोज, सोचेभन्दा एक करोड वर्ष अघि नै जीवमा प्रजनन् शुरु भएको निष्कर्ष

पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ ।

अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले ५६ करोड ७० लाख वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन् । प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार, पृथ्वीमा जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचिएभन्दा कम्तीमा एक करोड वर्ष अघि नै विकास गरिसकेका थिए ।

अनुसन्धानकर्ताहरूका अनुसार क्यानडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका ’एडियाकारन’ कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन् । वैज्ञानिकहरूले यस खोजलाई पृथ्वीको जीव–विकास अध्ययनमा एक ठूलो फड्को भनेका छन् ।

विश्व प्रसिद्ध सञ्चारमाध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्त्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोडिन पुग्छ । हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्त्वपूर्ण मानिन्छन्।  

प्रकाशित मिति:
थप प्रविधि